२०८३, आश्विन २१ गते

images

घढ्यो सुनको मूल्य

घढ्यो सुनको मूल्य

बिहिवार, माघ २९ २०८२१०:५०
बिहिवार, माघ २९ २०८२१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार तोलामा ५ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ७७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend