२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • राष्ट्रपति पौडेलले गरे राष्ट्रिय सभाको चालु...

राष्ट्रपति पौडेलले गरे राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलले गरे राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

बिहिवार, माघ २९ २०८२१२:२९
बिहिवार, माघ २९ २०८२१२:२९
  • images

    काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

    संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    चालु अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

    suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend