२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • काठमाडौँका सबै एघार स्थानीय तहमा मतदाता...

काठमाडौँका सबै एघार स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँका सबै एघार स्थानीय तहमा मतदाता शिक्षा सुरु

सीएनएन खबर
आइतवार, फाल्गुण ३ २०८२०३:३९
सीएनएन खबर
आइतवार, फाल्गुण ३ २०८२०३:३९
  • images

    काठमाडौँ । यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ । जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ । 

    उक्त कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार यही फागुन १७ गतेसम्म सञ्चालन गरिने छ । स्वयंसेवकहरू  प्रत्येक मतादाताका घरआँगनमा पुगेर सही ढङ्गले मतदान गर्न सिकाउने छन् ।

    आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend