२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रुपन्देही ३: बासुदेव घिमिरेलाई सघाउँने गरी...

रुपन्देही ३: बासुदेव घिमिरेलाई सघाउँने गरी जसपाका यादव एमाले प्रवेश, लिए उम्मेद्वारी फिर्ता

रुपन्देही ३: बासुदेव घिमिरेलाई सघाउँने गरी जसपाका यादव एमाले प्रवेश, लिए उम्मेद्वारी फिर्ता

सोमवार, फाल्गुण ४ २०८२१०:४७
सोमवार, फाल्गुण ४ २०८२१०:४७
  • images

    काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् । जसपा बाट दिएको उम्मेदवारी फिर्ता गरेर उनी बासुदेव घिमिरेलाई सघाउँने गरी एमाले प्रवेश गरेका हुन्।

    उम्मेदवारी फिर्ता लिदैँ उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका छन् । 

    सोमबार जारी प्रेस विज्ञप्तिमार्फत यादवले प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

    “देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,” विज्ञप्तिमा उल्लेख छ ।

    यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन् । साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।

    सोमबार नेकपा ९एमाले०रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरु भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,बासुदेब घिमिरे, प्रमोद यादब, हरिप्रसाद अधिकारि, उमा काफ्ले, अनुप बराललगायतले उनलाई स्वागत गरेका थिए ।

    bigyapti.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend