२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • घनश्याम भुसालको घोषणापत्रः कृषि पहिलो प्राथमिकतामा,...

घनश्याम भुसालको घोषणापत्रः कृषि पहिलो प्राथमिकतामा, मन्त्री र सांसद चारपटकसम्म

घनश्याम भुसालको घोषणापत्रः कृषि पहिलो प्राथमिकतामा, मन्त्री र सांसद चारपटकसम्म

मंगलवार, फाल्गुण ५ २०८२०३:४९
मंगलवार, फाल्गुण ५ २०८२०३:४९
  • images

    काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव गरेको छ । चुनावी  घोषणापत्र सार्वजनिक गर्दै नेकपा संयुक्तले मन्त्री र सांसद बढीमा चारपटक मात्रै हुन पाउने व्यवस्था गर्ने पनि उल्लेख गरेको छ ।

    नेकपाले घोषणात्रपत्रमा भनेको छ, ‘एक जना व्यक्ति दुईपटकसम्म मात्र प्रधानमन्त्री हुन, बढीमा चारपटक मन्त्री र सांसद हुन पाउने व्यवस्था गर्नुपर्छ ।’

    नेकपा संयुक्तले घोषणापत्रमा कृषिलाई निकै प्राथमिकतामा राखेको छ । उसले कृषिमा आश्रित हरेक परिवारमा महिनामा न्यूनतम ४०-४५ हजार रुपैयाँ भित्रिने व्यवस्था गर्ने पनि उल्लेख गरेको छ । नेकपाले उक्त रकमको व्यवस्था गर्न नसक्ने हो भने कृषि पेसामा टिकाउन नसकिने दाबी गरेको छ । नेकपा संयुक्तले गरिबी, बेरोजगारी, युवा पलायनको मुख्य स्रोत संरक्षण नपाएको ग्रामीण कृषि भएको जनाएको छ ।

    घोषणापत्रमा भनिएको छ, ‘त्यसलाई नभत्काई हुँदैन । त्यसका लागि कृषि क्षेत्रको संरक्षण गर्नैपर्छ । कृषिको संरक्षण भनेको ५१ प्रतिशत किसानको संरक्षण हो । यो काम अरु कसैले जिम्मा लिँदैन, राज्यले नै जिम्मा लिनुपर्छ ।’

    त्यसैगरी, कृषिमा संरक्षणको नीतिले ५ वर्षमा कृषि उत्पादनमा आत्मनिर्भर हुन सक्ने भन्दै नेकपा संयुक्तले त्यही  बलमा कृषिमा आधारित उद्योगको ठूलो क्षेत्र खुल्ने दाबी गरेको छ । उसले घोषणापत्रमा भनेको छ, भूमिहीन वा गरिब किसान, असंगठित क्षेत्रका शहरी तथा ग्रामीण श्रमिकहरू, विदेशमा गएर श्रम गर्ने मौसमी श्रमिकहरू, जमिन भएर पनि ऋणका कारणले अन्यत्र श्रम गर्नुपर्नेहरू, घरधन्दामा अल्झिएका महिलाहरू, परम्परागत पेसाले जीवन धान्न नसक्ने वा ती पेसाबाट उखेलिएका दलितहरू सबैलाई उद्यममा ल्याउनु र उनीहरूलाई न्यूनतम ज्याला वा उपार्जनको संरचनामा ल्याउनु हो ।’

    नेकपा संयुक्तले कृषि, शिक्षा, स्वास्थ्य पर्यटन, पूर्वाधार र सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेर सार्वजनिक गरेको घोषणापत्रमा संघीय प्रणालीको प्रभावकारिताका लागि आवश्यक संवैधानिक व्यवस्था तथा कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिएको छ, नेकपा संयुक्तले भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend