२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई...

रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने

रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने

बुधवार, फाल्गुण ६ २०८२१०:२२
बुधवार, फाल्गुण ६ २०८२१०:२२
  • images

    काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उमेदवार छन् । 

    आफ्ना उमेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो ।

    प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उमेदवार घिमिरेलाई मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ । 

    पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही–३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराएका छन् ।

    rupendhai.jpg

    यसअघि जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार श्रीनिवास यादव घिमिरेलाई सघाउँने गरी एमाले प्रवेश गरिसकेका छन् । जसपाबाट दिएको उम्मेदवारी फिर्ता गरेर उनी बासुदेव घिमिरेलाई सघाउँने गरी एमाले प्रवेश गरेका हुन्।

    उम्मेदवारी फिर्ता लिदैँ उनले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले) मा समाहित भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend