काठमाडौँ । धनगढीका मेयर गोपाल हमालले स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी खरिद गरेका छन् । उनले सोमबार उक्त गाडी बुझेका हुन् । गत भदौ ११ गतेदेखि काठमाडौँको भृकुटीमण्डमा सञ्चालित नाडा अटो शोमा बुकिङ गरेको गाडी कम्पनीले सोमबार मेयर हमाललाई हस्तान्तरण गरेको हो ।
नेपालका लागि स्काईवेल गाडीको आधिकारिक बिक्रेता जी मोटर्सले अटो शोमा मात्रै १ सय २६ वटा स्काइवेल ईटी५–६२० किमि बुकिङ गरेको थियो ।
बुकिङ भएको उक्त गाडीमध्ये कम्पनीले धनगढीमा नै पुगेर गाडी हस्तान्तरण गरेको हो । जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
आगामी दिनमा स्काइवेलका १ सय ५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको सो प्रिमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी ५–६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री भइसकेका छन् भने नाडामा १ सय २६ र त्यस पछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको छ । ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्जमा उपलब्ध रहेका छन् ।
स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।

