२०८३, आश्विन २१ गते

images

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा

मंगलवार, आश्विन १ २०८१०१:५३
मंगलवार, आश्विन १ २०८१०१:५३
  • images

    काठमाडौं । रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो।

    टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरी  लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरी लगेको अस्पताल श्रोतले जनाएको छ।

    स्टोरमा रहेको उपकरण र औषधि बारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केही  बेर सोधपुछ गरेको थियो। अस्पताल विकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

    मधेश प्रदेशका प्रादेशिक आपूर्ति समितिले प्रदेशभरी अस्पतालहरुमा आपूर्ति गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend