२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • अर्थमन्त्रीले गरे निर्वाचनका निम्ति स्रोतसाधनको कमी...

अर्थमन्त्रीले गरे निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता

अर्थमन्त्रीले गरे निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता

शुक्रवार, फाल्गुण ८ २०८२११:१५
शुक्रवार, फाल्गुण ८ २०८२११:१५
  • images

    काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    आज यहाँ पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका हुन् । 

    अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे । पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार उनले गरे ।

    सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्रीले त्यसका लागि विविध नीतिगत काम भएका जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend