२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाले गर्‍यो भैरहवा र पोखराका चुनावी...

रास्वपाले गर्‍यो भैरहवा र पोखराका चुनावी सभाका कार्यक्रम स्थगित

रास्वपाले गर्‍यो भैरहवा र पोखराका चुनावी सभाका कार्यक्रम स्थगित

शुक्रवार, फाल्गुण ८ २०८२१२:२९
शुक्रवार, फाल्गुण ८ २०८२१२:२९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार जनकपुर र आइतबार पोखरामा गर्नै भनिएको चुनावी सभा स्थगित भएको जनाएको छ । पार्टीले आज एक सूचना जारी गर्दै उक्त २ स्थानको सभा स्थगित भएको जनाएको हो ।

    संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवथापन लगाएतका विषेश कारण उक्त कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरिएको पार्टीका निर्वाचन सम्पादन समितिका संयोजक डोल प्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । 

    patra.jpeg

    यस्तै, भैरहवाको चुनावी सभा भने विषेश कारणबस स्थगित गरिएको सूचनामा उल्लेख छ । सूचनामा विशेष कारण भनिएतापनि सुरक्षाका कारण रोकिएको जनाईएको छ । 

    दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलनबीच सभा स्थगितको अनुमान छ । 

    प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । रास्वपा बिहीबार नै पत्रकार सम्मेलन गरेर १ लाख सहभागी जुटाउने जनाएको थियो ।

    patra1.jpeg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend