२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाको एक वर्षको आम्दानी साढे ३...

रास्वपाको एक वर्षको आम्दानी साढे ३ करोड

रास्वपाको एक वर्षको आम्दानी साढे ३ करोड

मंगलवार, आश्विन १ २०८१०४:२३
मंगलवार, आश्विन १ २०८१०४:२३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक वर्षमा ३ करोड ४० लाखभन्दा बढी आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो । पार्टीको मंगलबारदेखि राजधानीमा शुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् । 

    त्यस्तै पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोडभन्दा बढी खर्च भएको छ । राष्ट्रिय भेलामा पेस गरिएको आय–व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको उल्लेख छ।

    कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ । खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । 

    rasopa.png
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend