२०८३, आश्विन २१ गते

images
  • अटो
  • इनड्राइभद्वारा...

इनड्राइभद्वारा ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना

इनड्राइभद्वारा ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना

सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०७:५६
सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०७:५६
  • images

    काठमाडौँ । राइड–सेयरिङ सेवा प्रदायक इनड्राइभ ले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गरेको छ। संवाद कार्यक्रममार्फत सरकारले, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मंचमा ल्याएर दिगो तथा कार्यान्वयनयोग्य समाधान खोज्ने प्रयास गरिएको हो।

    कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजना निर्माणतर्फ अग्रसर हुनु रहेको आयोजकले जनाएको छ। सहभागीहरूले काठमाडौँ उपत्यकाको वर्तमान वायु गुणस्तर, प्रमुख प्रदूषण स्रोत, विद्यमान नीति तथा कार्यक्रमको प्रभावकारिता र कार्यान्वयनका चुनौतीबारे गहन छलफल गरेका थिए।

    संवाद चार प्रमुख विषयमा केन्द्रित थियो—उच्चस्तरीय सरोकारवाला समन्वय, वायु गुणस्तरको समग्र नक्साङ्कन, अवरोधहरूको पहिचानसहित रणनीतिक समाधान र निजी क्षेत्रको सक्रिय सहभागिता प्रवर्द्धन। यातायात, उद्योग, निर्माण गतिविधि तथा घरेलु इन्धन प्रयोगलाई प्रमुख प्रदूषण स्रोतका रूपमा औँल्याइएको थियो।

    प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री माधव चौँलागाईले हालसम्म भएका प्रयास उल्लेख गर्दै आगामी दिनमा अझ समन्वित र परिणाममुखी कार्य आवश्यक रहेको बताए। उनले विभिन्न सरोकारवालालाई एउटै मंचमा ल्याएकोमा इनड्राइभ तथा अल्माटी एयर इनिसिएटिभ को प्रशंसा गरे।

    संवादले ‘नेपाल ताजा पहल’ को प्रारम्भिक आधार पनि तय गरेको छ, जुन ‘ब्रेन, भ्वाइस, ब्रिज’ ढाँचाबाट प्रेरित छ। यस अन्तर्गत डाटा–आधारित प्रणाली विकास, स्वतन्त्र अनुगमन सञ्जाल विस्तार, सार्वजनिक सचेतना अभिवृद्धि तथा दिगो नीतिगत सुधारमा जोड दिइनेछ।

    कार्यक्रमले स्वच्छ हावा, स्वस्थ नागरिक र दिगो शहरी भविष्यतर्फ अन्तर–क्षेत्रीय सहकार्यलाई सुदृढ गर्ने स्पष्ट सन्देश दिएको आयोजकको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend