२०८३, आश्विन २१ गते

images

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, फाल्गुण ११ २०८२१०:५६
सोमवार, फाल्गुण ११ २०८२१०:५६
  • images

    काठमाडौँ । सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend