२०८३, आश्विन २१ गते

images

३ दिनमा १० हजार बढीले बढ्यो सुनको मूल्य

३ दिनमा १० हजार बढीले बढ्यो सुनको मूल्य

मंगलवार, फाल्गुण १२ २०८२१०:५०
मंगलवार, फाल्गुण १२ २०८२१०:५०
  • images

    काठमाडौँ । गत आइतबारदेखि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १० हजार बढीले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ दिनमा सुनको मूल्य १० हजार १ सय रुपैयाँले बढेको हो । 

    तथ्यांक अनुसार आइतबार प्रतितोला ५ हजार ६ सय रुपैयाँ, सोमबार ३ हजार २ सय रुपैयाँ र मंगलबार १ हजार ३ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार मंगलबार सुन तोलामा १३ सय रुपैयाँले बढेसँगै सनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

    अघिल्लो दिन तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ । हिजो पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend