२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ईश्वर पोखरेलको प्राथमिकतामा टोखा छहरे सुरुङमार्गदेखि...

ईश्वर पोखरेलको प्राथमिकतामा टोखा छहरे सुरुङमार्गदेखि सांस्कृतिक सम्पदाको संरक्षणसम्म

ईश्वर पोखरेलको प्राथमिकतामा टोखा छहरे सुरुङमार्गदेखि सांस्कृतिक सम्पदाको संरक्षणसम्म

मंगलवार, फाल्गुण १२ २०८२०१:३२
मंगलवार, फाल्गुण १२ २०८२०१:३२
  • images

    काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

    उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

    बूढानीलकण्ठ मन्दिरलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उनले योजना प्रस्तुत गरे । 

    टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ । 

    प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवद्र्धन र संरक्षणमा उनले जोड दिने उल्लेख छ ।

    काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन,सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राखेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend