२०८३, आश्विन २१ गते

images
  • समाचार
  • किन लगाईयो दरबारमार्ग क्षेत्रमा सवारी साधन...

किन लगाईयो दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक ?

किन लगाईयो दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक ?

बुधवार, आश्विन २ २०८१०८:५२
बुधवार, आश्विन २ २०८१०८:५२
  • images

    काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दरबरमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ । 

    कार्यालयले बुधबार बिहान एक सूचना जारी गर्दै मंगलबार रातको ८ बजेदेखि बिहीबार रातको ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाईएको जनाएको हो । 

    असोज ३  गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

    केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको प्रहरी कार्यालयले जनाएको छ । 

    सरकारले विभिन्न कार्यक्रमका साथ भो संविधान दिवस धूमधामले मनाउने तयारी गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend