काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७२५ रुपैयाँ कायम भएको छ ।

