२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्तीः...

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्तीः न आए उम्मेदवार न मतदाता शिक्षा स्वयंसेवक

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्तीः न आए उम्मेदवार न मतदाता शिक्षा स्वयंसेवक

सीएनएन खबर
बिहिवार, फाल्गुण १४ २०८२०३:४८
सीएनएन खबर
बिहिवार, फाल्गुण १४ २०८२०३:४८
  • images

    काठमाडौँ । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।
     
    रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउँछन्। उनले भने, “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन ।” 

    अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनले सुनाए । यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरे ।

    ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दैनन । उनलई मतदान गर्ने रुचि समेत देखिन्न । 

    उनले भने, “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आएका उनी रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउँछन्।
     
    कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी भएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरिन । उनले भनिन, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।” 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend