२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचनका १ हजार ७६ उजुरी,...

प्रतिनिधिसभा निर्वाचनका १ हजार ७६ उजुरी, एक हजार ६१ फछ्र्यौट

प्रतिनिधिसभा निर्वाचनका १ हजार ७६ उजुरी, एक हजार ६१ फछ्र्यौट

शनिवार, फाल्गुण १६ २०८२०८:१०
शनिवार, फाल्गुण १६ २०८२०८:१०
  • images

    काठमाडौँ । जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ ।

    निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१  अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । 

    प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।

    त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend