काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य पछिल्लो केही दिन यता उकालो लागि रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सार्वजनिक गरेको सूचचना अनुसार सुन तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भइरहेको हो ।

