काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन तलामा ११ हजार रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २७५ रुपैयाँले घटेर प्रतितोला ५५४० रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७२ हजार २ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४७४९.५० रुपैयाँ कायम भएको छ ।

