काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० मा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने बढेको छ । बुधबार बजारमा चाँदीको मूल्य प्रतितोला पाँच हजार ५४० रहेकोमा बढेर पाँच हजार ५४५ रुपैयाँमा किनबेच भइरहेको हो ।

