२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै ह्वात्तै...

साताको पहिलो कारोबार दिन नै ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र १ २०८२१०:५१
आइतवार, चैत्र १ २०८२१०:५१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार नै नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । सुन आज तोलाको तीन लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend