काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो । आइतबारको तुलनामा चाँदी पाँच रुपैयाँले घटेको हो ।

