काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो।
तथ्यांक अनुसार छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

