काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गररेको छ । पश्चिमा देशमा चर्किएको युद्धको असर पेट्रोलियम पदार्थको मूल्यमा परेपछि विभागले यातायातको भाडादर समायोजन गरेको हो ।
विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।
नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।
विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।
यस्तो छ नयाँ भाडाद
सार्वजनिक यात्रुवाहक सवारी साधन: ११.३३ प्रतिशत
पहाडी बाटोमा चल्ने मालवाहक सवारी: १४.२९ प्रतिशत
तराईको बाटोमा चल्ने मालवाहक सवारी: ८.८१ प्रतिशत

