२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी, रास्वपाले...

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी, रास्वपाले बोलायो आकस्मिक भेला

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी, रास्वपाले बोलायो आकस्मिक भेला

आइतवार, आश्विन ६ २०८१०७:०६
आइतवार, आश्विन ६ २०८१०७:०६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

    जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

    गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

    रविलाई पनि जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन् ।

    उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गर्दै म्यासेज गरेका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend