२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रवि पक्राउ पर्ने हल्लासँगै मुख्यालयमा कार्यकर्ताका...

रवि पक्राउ पर्ने हल्लासँगै मुख्यालयमा कार्यकर्ताका भिड, प्रहरी भन्छ: पक्राउको कुनै तयारी छैन

रवि पक्राउ पर्ने हल्लासँगै मुख्यालयमा कार्यकर्ताका भिड, प्रहरी भन्छ: पक्राउको कुनै तयारी छैन

आइतवार, आश्विन ६ २०८१०८:४२
आइतवार, आश्विन ६ २०८१०८:४२
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको हल्लासँगै यतिबेला रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो ।

    उनलाई पक्राउको हल्लासँगै मुख्यालयमा भिड लागेतापनि प्रहरीले भने पक्राउको कुनै तयारी नै नभएको जनाएको छ । उनलाई आज नभएर चाँंडै पक्राउको तयारी थालिने प्रहरी उच्च स्रोतले जनाएको छ । 

    रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो ।

    सहकारीको ६५ करोड बचत रकम गोरखा मिडियामार्फत् अपचलन गतिविधिमा जोशी संलग्न रहेको संसदीय विशेष छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ । मिडियाका उनका व्यवसायीक साझेदारी समेत नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

    काठमाडौँमा पक्राउ परेका उनलाई आइतबार साँझ नै पोखरा लगिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend