२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा...

चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किँदै

चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किँदै

आइतवार, आश्विन ६ २०८११०:१७
आइतवार, आश्विन ६ २०८११०:१७
  • images

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन्।

    सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ। 

    चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो। 

    टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असीम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend