काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।
आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् । साथै उनले सहकारी पीडितहरूको नेतृत्व आफू गर्न तयार रहेको पनि बताए ।

