२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा स्थगित...

सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा स्थगित भयो प्रधानमन्त्रीको कार्यक्रम

सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा स्थगित भयो प्रधानमन्त्रीको कार्यक्रम

सोमवार, आश्विन ७ २०८१०८:२०
सोमवार, आश्विन ७ २०८१०८:२०
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणको स्वागतका लागि न्युयोर्कमा आयोजना हुने स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । 

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यहाँका नेपाली समुदाय स्वागतका लागि कार्यक्रम आयोजना गरेका थिए । तर, सुरक्षाको कारण देखाउँदै उक्त कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ । 

    नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो ।

    तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ ।

    ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ’, नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ ।

    461177961_1535390120424980_893129499458376747_n.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend