२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दुर्गा प्रसाईं वीर अस्पताल भर्ना, रिहाइको...

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना, रिहाइको माग गर्दै प्रदर्शन

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना, रिहाइको माग गर्दै प्रदर्शन

सोमवार, आश्विन ७ २०८१०४:३०
सोमवार, आश्विन ७ २०८१०४:३०
  • images

    काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए।

    चिकित्सकको सिफारिसका आधारमा उनलाई अस्पताल राखिएको हो। काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रसाईँ पक्राउ परेलगत्तै प्रहरीले उनलाई अदालत उपस्थित गराएको थियो।

    प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। पक्राउ परेका प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रसाईंका समर्थकहरूले झापाका पनि विभिन्न स्थानहरूमा  प्रदर्शन गरेका छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend