२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना,...

नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते

नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते

मंगलवार, आश्विन ८ २०८१०७:४६
मंगलवार, आश्विन ८ २०८१०७:४६
  • images

    काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका  २३ जना यात्रु घाइते भएका छन् । 

    बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend