२०८३, आश्विन २१ गते

images
  • अटो
  • फोटोन मोटर्सको बिर्तामोड कस्टमर मिट सफल,...

फोटोन मोटर्सको बिर्तामोड कस्टमर मिट सफल, ग्राहकसँग नजिकिँदै ब्रान्ड

फोटोन मोटर्सको बिर्तामोड कस्टमर मिट सफल, ग्राहकसँग नजिकिँदै ब्रान्ड

बुधवार, चैत्र १८ २०८२०५:३६
बुधवार, चैत्र १८ २०८२०५:३६
  • images

    काठमाडौं । फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । चैत १७ गते आयोजित उक्त कार्यक्रममा झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो ।

    कार्यक्रमले हालका तथा सम्भावित प्रयोगकर्ताहरूलाई आफ्ना अनुभव, अपेक्षा र सुझाव राख्ने खुला प्लेटफर्म प्रदान गरेको थियो । कम्पनीले ग्राहकहरूको प्रतिक्रिया सुन्दै त्यसैका आधारमा उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

    उक्त कार्यक्रममा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा व्यावसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बिर्तामोडलाई महत्वपूर्ण व्यापारिक तथा लजिस्टिक्स केन्द्रका रूपमा लिँदै फोटोनले यस क्षेत्रसँगको सम्बन्ध अझ सुदृढ बनाउने रणनीति अघि सारेको छ ।

    कार्यक्रमका क्रममा कम्पनीले आफ्टर सेल्स सर्भिस र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा पहुँच र प्रतिक्रिया समय अझ सुधार गर्ने योजना सार्वजनिक गरेको थियो । साथै, देशभर विस्तार भइरहेको ईभी इकोसिस्टमअन्तर्गत १६६ भन्दा बढी CCS2 फास्ट चार्जिङ प्वाइन्टहरूको जानकारी दिँदै व्यावसायिक प्रयोगकर्तामा ईभीप्रति विश्वास बढेको उल्लेख गरिएको छ ।

    फोटोन मोटर्स नेपालले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै हाल देशभर १४ भन्दा बढी केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले आफ्नो आधिकारिक वितरक एमएडब्लु वृद्धी कमर्सियल भेहिकलमार्फत विश्वस्तरिय मापदण्डअनुसारका मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको छ ।

    बिर्तामोड कस्टमर मिटलाई ग्राहककेन्द्रित विकास यात्राको महत्वपूर्ण कदमका रूपमा लिँदै कम्पनीले दीर्घकालीन विश्वास निर्माण गर्ने र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

    साथै, फ्लीट परामर्श, उत्पादन प्रदर्शन तथा आवश्यकता अनुसारका समाधानका लागि ग्राहकहरूलाई नजिकैको फोटोन शोरूम भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend