२०८३, आश्विन २१ गते

images
  • प्रमुख समाचार
  • समस्याग्रस्त सूचीबाट हट्यो सञ्जिवनी लघुवित्त, राष्ट्र...

समस्याग्रस्त सूचीबाट हट्यो सञ्जिवनी लघुवित्त, राष्ट्र बैंकले सदयो नियमित कारोबारको अनुमति

समस्याग्रस्त सूचीबाट हट्यो सञ्जिवनी लघुवित्त, राष्ट्र बैंकले सदयो नियमित कारोबारको अनुमति

बिहिवार, चैत्र १९ २०८२०८:१०
बिहिवार, चैत्र १९ २०८२०८:१०
  • images

    काठमाडौँ । साबिक सुपर लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको छ । लघुवित्त संस्था समस्याग्रस्त भएसँगै नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको हो । 

    साथै नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले लघुवित्त संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाई नियमित वित्तीय कारोबार गर्न अनुमति दिएको छ ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गतका खण्ड (क),(ख), (घ), (च) तथा (ञ) अनुसार संस्थालाई वि.सं २०७९ भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको थियो । तर बैंकको वि।सं २०८२ चैत ५ गतेको निर्णय अनुसार संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी अब नियमित कारोबार गर्न स्वीकृति प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend