२०८३, आश्विन २१ गते

images
  • अटो
  • सीएफमोटो नेपालद्वारा नयाँ वर्ष २०८३ अफर...

सीएफमोटो नेपालद्वारा नयाँ वर्ष २०८३ अफर सार्वजनिक, नगद छुटदेखि १ लाख क्यासब्याकसम्मको अवसर

सीएफमोटो नेपालद्वारा नयाँ वर्ष २०८३ अफर सार्वजनिक, नगद छुटदेखि १ लाख क्यासब्याकसम्मको अवसर

आइतवार, चैत्र २२ २०८२१२:४०
आइतवार, चैत्र २२ २०८२१२:४०
  • images

    काठमाडौँ । नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक तथा ग्राहकमैत्री अफर सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको योजना २०८२ साल चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने जनाएको छ।

    यस अफरअन्तर्गत CFMOTO 250 Dual EFI खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट किन्ने अवस्थामा अधिकतम ८,३०० सम्म नगद छुट पाउनेछन्। साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकलाई बजार मूल्यभन्दा थप  १५,००० सम्म अतिरिक्त लाभ प्रदान गरिनेछ।

    कम्पनीले प्रत्येक ग्राहकलाई प्रिमियम SMK Full Face Double Visor Helmet (एण्टी-फग प्रविधिसहित) उपहार स्वरूप उपलब्ध गराउने जनाएको छ, जसले सुरक्षित तथा सहज राइडिङ अनुभवमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    योजनालाई अझ आकर्षक बनाउन कम्पनीले लक्की ड्रको व्यवस्था पनि गरेको छ। यसअन्तर्गत एक जना भाग्यशाली ग्राहकले रु. १,००,००० नगद क्यासब्याक जित्ने अवसर पाउनेछन्।

    त्यसैगरी, CFMOTO 250 NK र 300 NK मोडेलका लागि कम्पनीले क्रमशः ४,४९,९०० र ५,४९,९०० को नयाँ एमआरपी निर्धारण गरेको छ। यी मोडेल खरिद गर्दा ग्राहकहरूले फुल फेस Studds हेल्मेट तथा CFMOTO प्रोटेक्टिभ हुडी समेत प्राप्त गर्नेछन्।

    प्रिमियम एड्भेन्चर सेग्मेन्टअन्तर्गत लोकप्रिय CFMOTO 450MT (Zephyr Blue) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज ल्याइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश गरिएको छ।

    त्यस्तै, ZEEHO AE8 EV स्कुटरको मूल्य अफर अवधिभर ४,४९,९०० यथावत् रहने कम्पनीले जनाएको छ।

    बिक्रीसँगै कम्पनीले आफ्नो अफ्टर–सेल्स सेवामा समेत विशेष जोड दिएको छ। २०८३ सालदेखि देशभर सेवा सञ्जाल विस्तार गरिने घोषणा गर्दै कम्पनीले काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

    CFMOTO ग्लोबलको पहलमा २०२५ जनवरी १ देखि स्पेयर पार्ट्सको मूल्य समेत उल्लेखनीय रूपमा घटाइएको कम्पनीको दाबी छ, जसले ग्राहकमा लागत घटाउने र सकारात्मक धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ।

    यसै विस्तार योजनाअन्तर्गत वैशाख २०८३ भित्र चितवन र पोखरामा 3S (Sales, Service, Spare Parts) अवधारणामा आधारित शोरुम सञ्चालनमा ल्याइनेछ भने चालु आर्थिक वर्षको चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend