२०८३, आश्विन २१ गते

images
  • समाचार
  • दशैंको अग्रिम टिकट बुकिङ असोज १२...

दशैंको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ला गरिने

दशैंको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ला गरिने

मंगलवार, आश्विन ८ २०८१०५:४४
मंगलवार, आश्विन ८ २०८१०५:४४
  • images

    काठमाडौँ । सरकारले असोज १२ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको हो । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । 

    उनका अनुसार बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिनेछ । 

    गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend