काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोरखा मिडियाका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको बयान लिएर आफूलाई पक्राउ गर्न खोजिएको गुनासो गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमा उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले उनलाई पक्राउ गरिएको जिकिर गरे ।
सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरिएको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । लाइभमा उनले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको भनेर सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले नै स्पष्ट गरेको दाबी गर्दै गोरखा मिडियामा आफू कार्यरत रहेको बेला आएको रकम खर्च भएको विषयमा आफूले जिम्मेवारी लिने बताए ।
उनले भने, ‘सहकारी संस्थाको रकम अपचलन प्रकरणमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनका विषयमा जे हो त्यही बुझौं, गलत नबुझौं, नबुझाऔ ।’

