२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सार्वजनिक सवारीको भाडा वृद्धि : यात्रुवाहकमा...

सार्वजनिक सवारीको भाडा वृद्धि : यात्रुवाहकमा १५.७१% र मालवाहकमा १६.६८% बढ्यो

सार्वजनिक सवारीको भाडा वृद्धि : यात्रुवाहकमा १५.७१% र मालवाहकमा १६.६८% बढ्यो

बुधवार, चैत्र २५ २०८२०२:४१
बुधवार, चैत्र २५ २०८२०२:४१
  • images

    काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको सिफारिसका आधारमा यात्रुवाहकतर्फ १५.७१ प्रतिशत र मालवाहकतर्फ १६.६८ प्रतिशतले भाडा बढाएको हो।

    मन्त्रालयका अनुसार पछिल्लो समय इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसायीहरूबाट भाडा समायोजनको माग हुँदै आएको थियो। सोही मागलाई मध्यनजर गर्दै सरकारले भाडा समायोजन गर्ने निर्णय गरेको जनाएको छ।

    यो निर्णयसँगै अब देशभर सञ्चालनमा रहेका सार्वजनिक बस, माइक्रोबस लगायत यात्रुवाहक सवारी तथा ट्रक, टिपरजस्ता मालवाहक सवारीको भाडा वृद्धि हुने भएको छ। भाडा वृद्धि भएपछि यात्रु र उपभोक्तामा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ भने बजार मूल्यमा समेत थप दबाब पर्ने सम्भावना रहेको छ।

    सरकारले भने भाडा समायोजन गर्दा इन्धनको मूल्य, सञ्चालन खर्च र सेवा निरन्तरतालाई ध्यानमा राखिएको स्पष्ट पारेको छ। साथै, यातायात सेवाको गुणस्तर सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

    यता उपभोक्ता अधिकारकर्मीहरूले भने भाडा वृद्धि गर्दा सेवा गुणस्तरमा समेत सुधार अनिवार्य गर्नुपर्ने बताएका छन्। उनीहरूले अनियमित भाडा असुली, भीडभाड र सेवाको कमजोरी नियन्त्रण गर्न सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend