२०८३, आश्विन २१ गते

images
  • समाचार
  • तोलाको एक लाख ६० हजार नाघ्यो...

तोलाको एक लाख ६० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ६० हजार नाघ्यो सुनको मूल्य

बुधवार, आश्विन ९ २०८११०:४३
बुधवार, आश्विन ९ २०८११०:४३
  • images

    काठमाडौँ । सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको छ । पछिल्लो केहीदिन यता बढ्दै गएको सुनको मूल्य तोलाकै एक लाख ६० हजार रुपैयाँभन्दा माथि लागेको हो । 

    बुधबार तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो । मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

    बुधबार प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम सुनको भाउ हालसम्मकै उच्च हो ।

    बुधबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend