२०८३, आश्विन २१ गते

images

बसाइँसराइँले रित्तियो गाउँः अनुदान दिएर फर्काउँदै पालिका

बसाइँसराइँले रित्तियो गाउँः अनुदान दिएर फर्काउँदै पालिका

बुधवार, आश्विन ९ २०८१११:५७
बुधवार, आश्विन ९ २०८१११:५७
  • images

    काठमाडौँ । एकै वर्षमा ३ सयभन्दा बढी स्थानीय बसाइँसराइँ गरेपछि पर्वतको महाशिला गाउँपालिकाले गाउँ फर्क अभियान सञ्चालन गरेको छ । विस्तारै बसाइँसराइँले गाउँ नै रित्तन थालेपछि पालिकाले खाद्यान्नदेखि अनुदान दिएर गाउँ फर्क अभियान सञ्चालन गरेको हो । 

    पालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा  एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने जनाएको छ । 

    गाउँलेहरू बसाइँ सर्न थालेपछि  पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । 

    गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनको भनाई छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

    अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend