२०८३, आश्विन २० गते

images
  • समाचार
  • लेन क्रस गर्दा सभामुखको गाडी समातियो,...

लेन क्रस गर्दा सभामुखको गाडी समातियो, ट्राफिकले सिंहदरबारमै चिट थमायो

लेन क्रस गर्दा सभामुखको गाडी समातियो, ट्राफिकले सिंहदरबारमै चिट थमायो

बुधवार, बैशाख २ २०८३१२:०५
बुधवार, बैशाख २ २०८३१२:०५
  • images

    काठमाडौं । सभामुख डीपी अर्यालको सवारी साधनलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । थापाथली क्षेत्रमा ट्राफिक नियम मिचिएको पाइएपछि ट्राफिक प्रहरीले सभामुखको गाडीसहित अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई चिट काटेको हो ।

    ट्राफिक स्रोतका अनुसार उक्त सवारीले लेन क्रस गर्दै नियम उल्लंघन गरेको थियो । नियम उल्लंघन गर्दै सिंहदरबार पुगेको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार परिसरमै पुगेर चिट काटेको जनाएको छ । सभामुख सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

    ट्राफिक प्रहरी स्रोतले ‘नियम सबैका लागि समान हुने’ भन्दै जोसुकैको सवारी भए पनि नियम उल्लंघन गरे कारबाही गरिने स्पष्ट पारेको छ । “यो कुनै व्यक्ति विशेषको विषय होइन, नियम उल्लंघन गर्ने जो–कोहीलाई कारबाही हुन्छ,” स्रोतले भन्यो ।

    यस घटनाले उच्च पदस्थ व्यक्तिहरूको सवारीसमेत ट्राफिक नियमको दायराभित्र पर्ने सन्देश दिएको छ । ट्राफिक प्रहरीले पछिल्लो समय राजधानीका विभिन्न स्थानमा नियम उल्लंघन गर्ने सवारीमाथि निगरानी कडा बनाउँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend