२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ६ निर्णयः अनुदान सहायत...

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः अनुदान सहायत स्वीकारदेखि संघीय निजामती विद्येयक संसदमा पेशको स्वीकृतिसम्म

मन्त्रिपरिषद् बैठकका ६ निर्णयः अनुदान सहायत स्वीकारदेखि संघीय निजामती विद्येयक संसदमा पेशको स्वीकृतिसम्म

मंगलवार, आश्विन १३ २०८३०४:५९
मंगलवार, आश्विन १३ २०८३०४:५९
  • images

    काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले आजको क्याबिनेटले सो निर्णय गरेको जानकारी दिए । 

    उनका अनुसार आजको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने अनुदान स्वीकार गर्नेदेखि संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
    –अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

    –पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केश्वर पतलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल, नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने ।

    –पशु, बधशाला र मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

    –संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

    –अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

    –नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आवास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend