काठमाडौँ । दश दिने चीन भ्रमणको गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली स्वदेश फर्किएको छ ।
पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो ।
उनीहरु चीन भ्रमणमा गएसँगै पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको मन्दै उनीहरु भ्रमण छोट्टाएर स्वदेश फर्किएका हुन् ।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।

