२०८३, आश्विन २१ गते

images

दुई दिन रात्रिकालीन बस नचलाउन आग्रह

दुई दिन रात्रिकालीन बस नचलाउन आग्रह

बिहिवार, आश्विन १० २०८१०७:२५
बिहिवार, आश्विन १० २०८१०७:२५
  • images

    काठमाडौं । तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । प्राधिकरणको कमान्ड पाेस्टको बैठकले आजदेखि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो र अति ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा भोलि ११ गते र पर्सि १२ गते रात्रिबस नचलाउन आग्रह गरेको हो । 

    रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा बस नचलाउन भनिएको प्राधिकरणले जनाएको छ ।

    साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

    प्राधिकरणले खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवम् स्वयंसेवकहरू तयारी अवस्थामा राख्न, आइतबारसम्म अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही 'अलर्ट'मा रहन पनि आग्रह गरेको छ ।

    Bipad-release.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend