२०८३, आश्विन २१ गते

images
  • समाचार
  • एकैदिन सुन १८०० र चाँदी १०५...

एकैदिन सुन १८०० र चाँदी १०५ रुपैयाँले घट्यो

एकैदिन सुन १८०० र चाँदी १०५ रुपैयाँले घट्यो

बिहिवार, बैशाख १७ २०८३१०:५८
बिहिवार, बैशाख १७ २०८३१०:५८
  • images

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको हो।

    आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार भने सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९४५ रुपैयाँ तोकिएको छ, जुन हिजो २ लाख ५२ हजार ४८५ रुपैयाँ थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँ रहेको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ४८१० रुपैयाँ कायम भएको छ।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार १२४ रुपैयाँ रहेको छ। हिजो १० ग्राम चाँदी ४ हजार २१४ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend