२०८३, आश्विन २१ गते

images
  • समाचार
  • देशभर वर्षाः झापाको चन्द्रगढीमा सबैभन्दा धेरै...

देशभर वर्षाः झापाको चन्द्रगढीमा सबैभन्दा धेरै वर्षा, १४ स्थानमा चेतावनीको तह पार गर्‍यो

देशभर वर्षाः झापाको चन्द्रगढीमा सबैभन्दा धेरै वर्षा, १४ स्थानमा चेतावनीको तह पार गर्‍यो

शुक्रवार, आश्विन ११ २०८११२:३४
शुक्रवार, आश्विन ११ २०८११२:३४
  • images

    काठमाडौँ । निरन्तरको वर्षाले देशभरका १४ स्थानमा चेतावनीको तह पार गरेको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण देशभरका केही स्थानका चेतावनीको तह पार गरेको हो 

    जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न १४ स्थानमा वर्षाले चेतावनीको तह पार गरेको जनाएको छ । जसमा अधिकांश स्थान कोशी प्रदेशका छन्। कोशी प्रदेशमा बुधबार साँझदेखि नै वर्षा भइरहेको छ । 

    वर्षाले चेतावनीको तह पार गरेका स्थानमा झापाका अनारमनी बिर्ता,, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगी छन्। 

    यस्तै, मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा पनि वर्षाले चेतावनीको तह पार गरेको छ भने इलामको माइचुली, उदयपुरको सुन्दरपुर, सप्तरीको बरमझिया र रुपनी बजार र पाल्पाको अर्चलेमा वर्षाले खतराको तह पार गरेको छ।

    विभागका अनुसार पछिल्लो २४ घण्टामा चन्द्रगढी विमानस्थलमा सबैभन्दा धेरै २३२.२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि इलामको माईचुलीमा २३१, केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७ मिलिमिटर वर्षा भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend