२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः खसी...

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः खसी बजारको अनुगमनदेखि घटना भएको ५ मिनेटमा पुग्नेसम्म

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः खसी बजारको अनुगमनदेखि घटना भएको ५ मिनेटमा पुग्नेसम्म

शुक्रवार, आश्विन ११ २०८१०२:०६
शुक्रवार, आश्विन ११ २०८१०२:०६
  • images

    काठमाडौँ । प्रहरीले दशैँ तथा तिहारमा टिकट काउण्टरदेखि एटिएम बुथसम्मको गस्ती गर्ने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दसैं, तिहार र छठलगायत चाडपर्वका बेला खसी बजार, गहना पसल र टिकट काउन्टरहरूमा गस्ती गर्ने योजना सार्वजनिक गरेको हो । 

    चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । जसमा एटिएम बुथ, गहना पसल, बस टिकट काउन्टर, खसी बजार, शक्ति पीठहरू, बसपार्क र बस पकेटलाई सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए । 

    उनले भने, ‘काठमाडौँ बाहिर जाने सवारी साधन छुट्ने स्थल र आर्थिक कारोबार हुने स्थानमा सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा विश्लेषण छ ।’

    प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको उनले बताए । बैङ्क तथा वित्तीय संस्थाहरूमा लुटपाट हुनसक्ने र पसलहरूमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिएको छ ।

    दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए । उनले भने, ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend