२०८३, आश्विन २१ गते

images
  • समाचार
  • रेड नोटिस जारी भएको ८ महिनापछि...

रेड नोटिस जारी भएको ८ महिनापछि पक्राउ परे ढोरपाटनका मेयर

रेड नोटिस जारी भएको ८ महिनापछि पक्राउ परे ढोरपाटनका मेयर

शुक्रवार, आश्विन ११ २०८१०४:०८
शुक्रवार, आश्विन ११ २०८१०४:०८
  • images

    काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । सहकारी बचतकर्ताको रकम अपचलन गरी लामो समयदेखि फरार रहेका उनी शुक्रबार पक्राउ परेका हुन् । 

    उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

    उनि बागलुङमा सञ्चालित इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीमाथि बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरेको आरोप छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend