२०८३, आश्विन २१ गते

images
  • समाचार
  • हनुमन्ते खोलाले बगाएको ग्यास बुलेट एमाले...

हनुमन्ते खोलाले बगाएको ग्यास बुलेट एमाले पार्टी कार्यालय अगाडी, धुवाँ निस्कीएपछि स्थानीय त्रसित

हनुमन्ते खोलाले बगाएको ग्यास बुलेट एमाले पार्टी कार्यालय अगाडी, धुवाँ निस्कीएपछि स्थानीय त्रसित

शनिवार, आश्विन १२ २०८१०७:०५
शनिवार, आश्विन १२ २०८१०७:०५
  • images

    काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाउँदै ल्याएको ग्यास बुलेट एमाले पार्टी कार्यालय अगाडी अड्कीएको अवस्थामा भेटिएको छ । 

    अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट  बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो । 

    भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । 

    प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् । 

    ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।  प्रहरीले घटनाबारे जानकारी आएपछि थप विवरण आउन बाँकी रहेको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend